वाईसिएलकाे षडानन्द नगर कमिटीको नेतृत्वमा अविशेक राई

  • 206
    Shares

भाेजपुर । माओबादी केन्द्र निकट युवा संगठन वाइसिएल नेपाल जिल्ला कमिटी भोजपुरले नौ ओटै स्थानीय तहको अधिवेशन धमाधम सम्पन्न गरिरहेको छ । वाईसिएलले मंगलबार षडानन्द नगरपालिकाको अधिवेशन सम्पन्न गरेको छ ।

दिङ्ला बजारमा सम्पन्न अधिवेशनले इन्चार्जमा पंकज तामाङ र अविषेक राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा अमृत विश्वाकर्मा,राजुकुमार खत्री,खुशी राई र सचिवमा विवेक कुइकेल, सह सचिवमा बर्षा सुनुवार र कोषाध्यक्षमा प्रेमिका राईलाई चयन गरेको छ ।

वाईसिएलका जिल्ला इन्चार्ज युवक राई र जिल्ला संयोजक करण मुक्मिनको विशेष उपस्थितिमा अधिवेशन सम्पन्न गरेको हो । कार्यक्रममा नेकपा माओबादी केन्द्र प्रदेश कमिटी सदस्य दिलकुमार राई,जिल्ला पार्टी कार्यलय सदस्य नगेन्द्र भुजेल(सैलेन्द्र) षडानन्द नगरपार्टी इन्चार्ज मुकुन्द राई,अध्यक्ष एङ्गराज राई र सचिव राज विकास राई लगायतको उपस्थिति रहेको थियो ।

यस अघि वाइसिएलले आम्चाेक र हतुवागढी गाउँपालिकामा अधिवेशन सम्पन्न गरिसकेको छ ।


  • 206
    Shares
प्रतिक्रिया दिनुहोस्