भोजपुर गोल्डकपमा आयोजक भोजपुर सेमिफाइनल प्रवेश

  • 6
    Shares

भोजपुर । चौथो अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप सोमवारको खेलमा आयोजक भोजपुर सेमिफाइनल प्रवेश गरेको छ । आयोजक भोजपुरले सगरमाथा युथ कल्ब मोरङ्गलाई ४–० ले हराउदै खेल आफ्नो पक्षमा पारेको हो । खेलको पहिलो हापमा दुवै टिम आक्रमक रुपमा प्रस्तुत भएको थियो ।

पहिलो हापको १७ औ मिनेटमा खाता खोलेको भोजपुरको तर्फबाट निशान लिम्बुले गोल गरेका हुन । निशानको गोलले अग्रता लिएको भोजपुरको तर्फबाट लगत्तै १८ औ मिनेटमा विजय भुजेलले थप गोल गर्दै दुई गोलको अग्रता दिलाएका थिए । लगातारको गोलको वर्षालाई कायम राख्दै भोजपुरको तर्फबाट सुवास तामाङ्गले सगरमाथा युवा कल्ब मोरङ्गको पोलमा थप गोल गरे ।

खेलको दोस्रो हापको १६ औ मिनेटमा पुन निशान लिम्बुले गोल गर्दै गोल अन्तरलाई फराकिलो बनाएका थिए । सगरमाथा युवा कल्ब मोरङ्गले पाएको चार भन्दा वढि अवशरलाई गोलमा परिणत गर्न सकेन ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता बैशाख ११ गते सम्म सञ्चालन हुने छ । स्थानिय टुडिखेलमा सञ्चालन भैरहेको खेलमा अन्तराष्ट्रिय टिम सहित ८ वटा टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले ५ लाख उपविजेताले ३ लाख रुपैया हात पार्नेछ । मंगलवारको खेल अफ्रिकन रुटस एसोसिएसन क्यामरुन धनकुटा फुटबल कल्बको बीचमा हुनेछ ।


  • 6
    Shares
प्रतिक्रिया दिनुहोस्