एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंस्थित होटल मेरियटमा भेटवार्ता

  • 1
    Share

काठमाडाै । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंस्थित होटल मेरियटमा वार्ता भएकाे छ।

हिजो मंगलबार नै नेपालसहितका २७ सांसदलाई स्पष्टीकरण सोधेका ओलीले साँझ ६ बजेदेखि नेता नेपालसँग दुइ घण्टा वार्ता गरेका हुन्। नेपालसहितका २७ सांसदलाई पदमुक्त गर्नेगरी ओलीले स्पष्टीकरण सोधेपछि एमाले विभाजनको डिलमा पुगेको विश्लेषण भइरहेका बेला त्यसलाई रोक्न अन्तिम प्रयासस्वरुप ओली र नेपालबीाच छलफल चलेको हो।

बुधबार नै ओलीले नेपालपक्षीय नेता योगेश भट्टराईसँग बालुवाटारमा दुईघण्टा छलफल गरेका थिए।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्