माओवादी केन्द्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पार्टी अध्यक्ष प्रचण्डलाई

  • 1
    Share

काठमाडाै । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। आज बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो।

‘वर्तमान केपी शर्मा ओलीको सरकारलाई समर्थन नरहेको बारेमा औपचारिक जानकारी लिखितरुपमा कहिले दिने भन्नेबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ,’ बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यसअघि उनले सरकारलाई माओवादीलाई दिएको समर्थन व्यवहारिकरुपमा फिर्ता लिइसकेको तर औपचारिक रुपमा जानकारी गराउन मात्र बाँकी रहेको बताएका थिए।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्