एमालेमा कर्णालीका ४ सांसदलाई कारबाही : नेपाल खनाललाई बाहिर राखेर १९ सदस्यिय स्थायी कमिटि गठन

  • 1
    Share

काठमाडौं । नेकपा एमालेको दशौ महाधिवेशन आयोजक समितिको बैठकले कर्णाली प्रदेशमा पार्टीको ह्विप उलंघन गर्दै फ्लोर क्रस गर्ने ४ जनालाई पार्टीको साधारणसदस्यबाट निलम्वन तथा प्रदेश सांसदवाट समेत हटाउने निर्णाय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकबाट कर्णाली प्रदेशका प्रदेश सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारबाही गर्ने निर्णाय गरेको हो । त्यस्तै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

नेकपा एमालेले स्पष्टीकरण सोधेका संघीय संसदका २७ सांसदमध्ये पाँचजनाले दुई दिनको अवधिमा स्पष्टीकरण पेस नगरेको केन्द्रीय कमिटी बैठकमा जानकारी दिइएको छ ।
स्पष्टीकरण पेस नगर्नेमा योगेश भट्टराई, रामकुमारी झाक्री, मेटमणि चौधरी, निरा जैरु र दिपकप्रकाश भट्ट छन् । अधिकांस सांसदले सकारात्मक ढंगले नै स्पष्टीकरण पेस गरेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष ओलीले सिन्धुलीका गणेश पहाडी र दाङका हिराचन्द्र केसीले मूलधारमा लाग्ने प्रतिबद्धता जनाएको र सुनसरीका जयकुमार राई, पाल्पाका सोम पाण्डे र रौतहटकी कल्याणी खड्काले नरम र सुझावसहितको स्पष्टीकरण दिएको बताएका छन् ।

कपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । साविक नेकपा विभाजनपछि केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ ।

बाँकी सदस्य पछि थप्ने जानकारी बैठकमा अध्यक्ष ओलीले दिएका छन् । अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली,उपाध्यक्ष महासचिव ईश्वर पोखरेलसहित निम्न नेताहरू रहने भएका छन् ।

एमाले स्थायी कमिटी

१‍‍. केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा बादल
५.विष्णु पौडेल
६.सुवास नेम्वाङ
७.शंकर पोखरेल
८. प्रदीप ज्ञवली
९. लेखराज भट्ट
१०. टोपबहादुर रायमाझी
११. सत्यनारायण मण्डल
१२. विष्णु रिमाल
१३. छविलाल विश्वकर्मा
१४. पृथ्वीसुब्बा गुरुङ्ग,
१५. रघुबीर महासेठ
१६. किरण गुरुङ
१७. केशव बडाल
१८. पुष्पराज कडेंल
१९. मणि थापा


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्