नेकपा माओवादी केन्द्र भोजपुर संयोजकमा नगेन्द्र भुजेल : ३ सय ७५ सदस्यिय जिल्ला कमिटी निर्माण

  • 177
    Shares

भोजपुर । नेकपा माओवादी केन्द्र भोजपुरको जिल्ला संयोजकको रुपमा नगेन्द्र भुजेल ( शैलेन्द्र ) चयन भएका छन् । भोजपुर पार्टीको विहीबार र शुक्रवार दुई दिन बसेको विस्तारित बैठकबाट संयोजकको रुपमा भुजेल चयन हुनुभएको हो ।

यसअघि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का भुजेल कार्यलय सदस्यकाे जिम्मेवारीमा थिए । सर्वाेच्च अदालतले पुरानै पार्टीको संरचनामा पुर्याईदिएपछि भुजेलले माओवादी केन्द्रको भोजपुर संयोजकमा जिम्मेवारी पाएका हुन् ।

विस्तारित बैठकले जिल्ला पार्टीलाई ३ सय ७५ सदस्यिय बनाउने निर्णाय गरेको छ । बैठकले सवै क्षेत्रबाट समेट्दै ३ सय ५४ सदस्य जिल्ला कमिटि चयन गरेको छ । बाँकी सदस्य केही समय भित्र पुरा गर्ने जिल्ला पार्टीले जनाएको छ । बैठकले २५ सदस्यिय कार्यलय टिम समेत बनाउने निर्णाय गरेको छ । कार्यलय टिमले बढीमा १ सय २५ सदस्य रहने गरि सचिवालय टिम समेत बनाउने भएको हो ।

पार्टीलाई थप सशक्त र चलायमान बनाउन पुराना कम्युनिष्ट नेता कृष्ण चोखाङको संयोजकत्वमा ३१ सदस्यिय सल्लाहकार समिति समेत बनाएको छ ।

सवै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम

दुईदिनसम्म चलेको विस्तारित बैठकले जिल्लाको ९ ओटै स्थानीय तहमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णाय गरेको छ । सवै स्थानीय तहमा सञ्चालन गरिने प्रशिक्षण कार्यक्रमको मिति समेत बैठकबाट तय भएको हो ।

जसअनुसार यहि जेठ २ गते साल्पासिलिचो गाउँपालिकाबाट प्रशिक्षण कार्यक्रम शुरु गर्ने निर्णाय भएको हो । जेठ ३ गते षडानन्द गाउँपालिका, ४ गते भोजपुर नगरपालिका र ५ गते पौवादुम्मा गाउँपालिकामा प्रशिक्षण सम्पन्न गरिने भएको हो । यसैगरि जेठ ६ गते अरुण गाउँपालिका, ७ गते टेम्के मैयुँङ गाउँपालिका र ८ गते रामप्रसाद गाउँपालिकामा कार्यक्रम हुने छ । जेठ १० गते हतुवागढी गाउँपालिका र १२ गते आम्चोक गाउँपालिकामा प्रशिक्षण कार्यक्रमको मिति तय भएको पार्टीले जनाएको छ ।

माओवादी केन्द्र भोजपुरले बैशाख मसान्त सम्म सवै जनवर्गीय संगठनहरुको भेला बैठक सकाउने गरि योजना समेत बनाएको छ । बैशाख ३० गते माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसिएल नेपालको जिल्ला सम्मेलनको समेत मिति तय गरेको हो ।

बैठकका तीन महत्वपुर्ण निर्णाय

विस्तारित बैठकले महत्वपुर्ण तीन निर्णाय गरेको छ । जिल्लाको नेतृत्व सामान्यतया केन्द्रबाट तोकिदै आएको भएपनि माओवादी केन्द्र भोजपुरले यसपटक जिल्लाको विस्तारित बैठकबाट आफ्नो नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ ।

अदालतले पुरानै पार्टीमा फर्काईदिएपछि खाली रहेको सवै तहको जिम्मेवारी माओवादी केन्द्र भोजपुरले विस्तारित बैठकबाट पुरा गरेको छ । पार्टी केन्द्रले नेकपा रहदा भएको जिल्ला कमिटीलाई मात्र पुरा गर्ने निर्देशन भएपनि जिल्ला कमिटी भोजपुरले भने दोव्वर भन्दा बढी विस्तार गरेको छ ।

नेकपा माओवादी केन्द्रको यो विस्तारित बैठक र यसले गरेका निर्णायहरुले भोजपुरमा पार्टी संगठनलाई शसक्त बनाउने गरि महत्वपुर्ण निर्णाय भएको जिल्ला पार्टी सदस्य तथा अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य हेमन्त राईले बताएका छन् ।


  • 177
    Shares
प्रतिक्रिया दिनुहोस्