पञ्चकन्या मावी बोखिममा अनेरास्ववियू क्रान्तिकारीको प्रारम्भिक कमिटी, अध्यक्षमा रक्विट खड्का


भोजपुर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) ले भोजपुर नगरपालिका ५ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालय बोखिममा प्रारम्भिक कमिटि निर्माण गरेको छ । रक्बिट खड्काको अध्यक्षतामा २७ सदस्यिय प्रारम्भिक कमिटि गठन भएको अनेरास्ववियू क्रान्तिकारी भोजपुरले जनाएको छ ।

प्रारम्भिक कमिटिको उपाध्यक्षमा अनु घिमिरे र सञ्जिप घिमिरे चयन भएका हुन् । सचिवमा गंगा घिमिरे र सहसचिवहरुमा सविन मोत्तान, सविना भण्डारी र एलिजा भण्डारी रहेका छन् । कोषाध्यक्षमा दिपेश राई रहेको जनाईएको छ ।


प्रारम्भिक कमिटी अनेरास्ववियू क्रान्तिकारी भोजपुरका नेताहरु नविन सांपाङ, मौशमचन्द्र राई र प्रमित सिप्तुङको उपस्थितिमा भएको हो । कार्यक्रममा वडा पार्टीका भवकृष्ण घिमिरेको समेत उपस्थिति रहेको थियो ।

अनेरास्ववियु क्रान्तिकारीले जिल्लाको सवै विद्यालयहरुमा संगठन विस्तार अभियानलाई तिव्रता दिई रहेको छ । जिल्लाका सवै स्थानीय तहहरुका विद्यालयहरुमा यसै महिना भित्र कमिटी गठन गर्ने गरि संगठन परिचालन गरिएको विद्यार्थी नेता प्रमित सिप्तुङले बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्