पौवादुङमाको वाईसिएल अध्यक्षमा सन्तोष राई, ६१ सदस्यिय गाउँ संगठन कमिटी गठन

  • 199
    Shares

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जनवर्गीय संगठन योङ कम्युनिष्ट लिग वाईसिएल नेपालको पौवादुङमा गाउँपालिकामा वाईसिएल कमिटि गठन भएको छ । सन्तोष राईको अध्यक्षतामा ६१ सदस्यिय गाउँ संगठन कमिटी गठन भएको हो ।

भोजपुर जिल्ला संयोजक करन मुक्मिनको विशेष उपस्थितिमा भएको गाउँपालिकाको संगठन सम्मेलनबाट उपाध्यक्षमा महिबहादुर राई र दलबहादुर राई, सचिवमा रमेश खत्रि निर्वाचित भएको वाईसिएलले जनाएको छ । कमिटीको सहसचिवमा गणेश कार्की र कोषाध्यक्षमा योगराज मगर निर्वाचित भएको हो ।

कार्यक्रममा जिल्ला पार्टीका संयोजक नगेन्द्र भुजेल, गाउँ पार्टी अध्यक्ष सम्झना राई तथा पार्टीका नेताहरुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो ।

वाईसिएल नेपालको जिल्ला सम्मेलन यहि बैशाख ३० गते तय भएसँगै यतिवेला जिल्लाको सवै स्थानीय तहमा वाईसिएलले सम्मेलन गरिरहेको छ । ९ स्थानीय तह रहेको भोजपुरका ६ स्थानीय तहमा सम्मेलन सम्पन्न भईसकेको भोजपुर जिल्ला संयोजक करन मुक्मिनले जानकारी दिनुभयो ।

बाँकी रहेको स्थानीय तहको सम्मेलन आगामी हप्ता भित्र सम्पन्न गर्ने र जिल्ला सम्मेलनमा संगठनलाई केन्द्रीत गर्ने संयोजक मुक्मिनको भनाई छ ।

सम्मेलनलाई सम्वोधन गर्नुहुदै गाउँपार्टि अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष सम्झना राई

सम्मेलनलाई सम्वोधन गर्नुहुदै वाईसिएल भोजपुर संयोजक करन मुक्मिन

निर्वाचित सदस्यहरु


  • 199
    Shares
प्रतिक्रिया दिनुहोस्