निषेधाज्ञा जारी गर्ने जिल्लाकाे संख्या १० पुग्याे

  • 2
    Shares

काठमाडाै । बिहीवार ‘लकडाउन’ (निषेधाज्ञा जारी) भएका जिल्लाको संख्या १० पुगेको छ। कोरोना संक्रमण बढ्दै गएपछि रोकथामका लागि एकपछि अर्काे जिल्लामा निषेधाज्ञा लागू गरिएको हो।

यसै क्रममा आजदेखि काठमाडौं उपत्यकाका ३ सहित थप ७ जिल्लामा ‘लकडाउन’ गरिएको हो।उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।

यस्तै आजैदेखि कैलाली, कञ्चनपुर र पर्सामा एक हप्ता तथा रूपन्देहीमा १५ दिनका लागि निषेधाज्ञा लागू भएको छ।

बर्दिया, सुर्खेत र कास्कीमा यसअघिदेखि नै निषेधाज्ञा लागू भइरहेको छ। बर्दियामा वैशाख १३ देखि, सुर्खेतमा वैशाख १४ देखि र कास्कीमा वैशाख १५ गतेदेखि एक हप्ताका लागि ‘लकडाउन’ छ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्