पाँच वटा राजनीतिक दलले गरे राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता

  • 1
    Share

काठमाडौं। राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच वटा राजनीतिक दल दर्ता भएका छन् । उपनिर्वाचनको मिति जेठ ६ गते तय गरिएको छ ।

निर्वाचन आयोगले बिहीबार राजनीतिक दल दर्ता टुंग्याउँदै निर्वाचन चिन्ह, क्रम निर्धारण तथा मतदाता नामावलीको विषयमा निर्णय गरेको हो । आयोगका अनुसार नेकपा (एमाले) लाई सूर्य चिन्ह प्रदान गर्दै पहिलो नम्बरमा दर्ता गरिएको हो । त्यस्तै दोस्रो नम्बरमा दर्ता भएको नेपाली कांग्रेसलाई रुख चिन्ह प्रदान गरिएको छ ।

तेस्रो नम्बरमा दर्ता भएको नेकपा (माओवादी केन्द्र) ले गोलाकारभित्र हँसिया हथौडा चिन्ह पाएको छ । त्यस्तै चौथो नम्बरमा दर्ता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह र पाँचौं नम्बरमा दर्ता भएको नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्ह आयोगले प्रदान गरेको छ।

त्यस्तै आयोगले निर्वाचनका लागि बागमति प्रदेशका कूल मतदाताको संख्या पनि टुंगो लगाएको छ। आयोगका अनुसार प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाता रहने जनाएको छ ।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्