सुदूरपश्चिम र गण्डकी प्रदेश प्रमुख हटाउने मन्त्रिपरिषदकाे निर्णय, पाैडेल र यादवलाई नियुक्तिको सिफारिस

  • 1
    Share

काठमाडाै । मन्त्रिपरिषदले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मीला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो।

नयाँ प्रदेश प्रमुखमा सीता पौडेल र गंगाप्रसाद यादवलाई नियुक्तिको सिफारिस पनि मन्त्रिपरिषदले गरेको एक मन्त्रीले जानकारी दिए। नवनियुक्त प्रदेश प्रमुख यादव दोस्रो संविधानसभामा उपाध्यक्ष थिए। लामो समय राप्रपाको राजनीतिक गरेका उनी पछि एमालेमा प्रवेश गरेका थिए।

यस्तै पौडेल एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन।  उनी पूर्वसांसद हुन्। यस अघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेका थिए।

केही समय अघि मात्र प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राजेश झालाई नियुक्त गरिएको थियो।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्