माओवादी केन्द्रले बुझायो समर्थन फिर्ताको औपचारिक पत्र संसद सचिवालयमा


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । संसदीय दलका नेता पुष्पकमल दाहालको हस्ताक्षरमा तयार गरिएको पत्र दलका सचेतक देवप्रसाद गूरुङले सचिवालयमा बुझाउनुभएको हो ।

संघीय संसद प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीका एकपछि अर्का संविधान प्रतिकुलका कदमहरुले राष्ट्रियता, लोकतन्त्र, जनजीवीका लगायतका मुद्दामा गम्भीर खतरा पैदा भएर अन्ततः राष्ट्रिय स्वाधिनताकै मुद्दा गम्भीर खतरामा पर्दै गएकाले समर्थन फिर्ता लिएको बताउनुभयो ।

अदालतले एकताअघिको समिकरणमा नेकपा एमाले र माओवादी केन्द्रलाई पु¥याईदिएपछि माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । मन्त्रीहरु फिर्ता बोलाएपनि समर्थन औपचारिक रुपमा फिर्ता नलिएको माओवादी केन्द्रको मंगलवार बसेको स्थायी कमिटी बैठकले फिर्ता लिने निर्णाय गरेको थियो ।

संसद पुनस्थापना भएसँगै माओवादी केन्द्र बैकल्पिक सरकार निर्माणको कसरतमा लागेको थियो । आज माओवादी केन्द्रले औपचारिक पत्र बुझाएसँगै वर्तमान केपी शर्मा ओली नेतृत्व सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पक्षमा विश्वासको मत लिने भएपछि राष्ट्रपति विद्या देवी भण्डारीले यहि २७ गते विशेष अधिवेशनको आह्वान समेत गर्नुभएको छ ।




प्रतिक्रिया दिनुहोस्