वाईसिएल भोजपुरको सांकेतिक विरोध

  • 103
    Shares

भोजपुर । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग ( वाइसिएल ) नेपाल भोजपुरले जिल्लाका विभिन्न स्थानीय तहमा सांकेतिक विरोध गरिरहेको छ । प्रधानमन्त्री तथा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक कदम चालेको भन्दै वाईसियल नेपाल भोजपुरले सांकेतिक विरोध जनाएको हो ।

कोभिड संक्रमणको जोखिमलाई ध्यान दिदै सिमित युवाहरु भेला भई प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध जनाईएको भोजपुर जिल्ला संयोजक करन मुक्मिनले बताए । संघर्षबाट प्राप्त उपलव्धीको रक्षा गर्नुको साटो भत्काउने काममा उद्धत प्रधानमन्त्री र राष्ट्रपतिको कदम निरंकुश र तानाशाही रहेको मुक्मिनको भनाई छ ।

जिल्लाको २ नगरपालिका र ७ गाउँपालिकाको केन्द्रमा व्यानर पर्चा तथा पम्प्लेट बोकेर दैनीक जसो विरोध जनाउने कार्यक्रम भईरहेको छ । राजनीतिक दलहरुले संयुक्त रुपमा कदमको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णाय गरेसँगै वाइसिएल भोजपुरले भने दवाव स्वरुप यो अभियान चलाएको हो ।








  • 103
    Shares
प्रतिक्रिया दिनुहोस्