एमालेको स्थायी कमिटी बैठक बस्दै, पार्टी एकता जोगाउने विषयमा छलफल हुने


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साझ बोलाईएको बैठकको एजेण्डा भने नखुलाईएको पार्टी स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । समसामयिक विषयमा छलफल हुने नेम्वाङको भनाई छ । मंगलवार बसेको बैठकले पार्टी एकता जोगाउने विषयमा ठोस पहल गर्ने निर्णाय गरेको एमालेले आज बोलाएको बैठकमा यसै विषयमा केन्द्रीत भएर छलफल गर्ने बुझिएको छ ।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल झलनाथ खनाल सहितका ११ जना नेतालाई कारवाही गरेको एमालेले नेपाल पक्षका १२ नेतालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर समयसिमा भित्र स्पष्टिकरण १२ नेताले बुझाएका छैनन् भने पार्टीले यस विषयमा पनि निर्णाय गर्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्