ओलीसँग वार्ता रोकेर नयाँ बाटो तय गर्न भन्दै चार नेताको १० बुँदे पत्र


काठमाडाै । खनाल–नेपाल समूहको केन्द्रीय समितिका सदस्यहरूको अनौपचारिक जुम बैठकमा चार जना नेताहरूले १० बुँदे ध्यानाकर्षण प्रस्तुत गरेका छन्। जसमा ओलीले सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा पुनस्थापनाकाे मुद्दा कमजोर तुल्याउन वार्ताको नाटक रचेको आरोप लगाइएको छ।

‘आज रचना गरिएको वार्ताको नाटकले हामी बीचको एकतालाई छिन्नभिन्न गर्ने, राजनीतिक दलहरुसँगको हाम्रो सहकार्य भंग गर्ने र अदालतमा संसद पुनस्र्थापनाको बहसलाई कमजोर पार्ने उदेश्य बोकेको छ भन्ने प्रष्टसँग देख्न सकिन्छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आजको आवश्यकता केपी सरकारको बहिर्गमन हो र राजनीतिक दलहरुसँगको सहकार्य हो। यतातिर गंभीर ढंगले ध्यान जानुपर्दछ भन्ने हाम्रो ठहर छ।’

ध्यानाकर्षण पत्र



प्रतिक्रिया दिनुहोस्