प्रधानमन्त्री ओलीले आफूलाई झुठो आरोप लगाए – प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई झुठो आरोप लगाएको बताएका छन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ प्रचण्डले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।’

प्रधानमन्त्री ओलीले एमाले एकताका लागि भनी हिजो आइतबार बेलुका जारी गरेको वक्तव्यमा तत्काली एमाले र माओवादी पार्टी एकीकरण गरी बनाएको नेकपा सर्वोच्च अदालतको फैसलाका कारण नभई प्रचण्डका कारण फुटेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस्