धरहरामा राजेशकाे जन्मदिन


काठमाडाै । नेपाली चलचित्रका सफल नायक राजेश हमालले भने बुधबार परेको आफ्नो जन्मदिन विशेष तरिकाले मनाए । उनले, जन्मदिनको केक काट्नका लागि धरहरालाई रोजेका छन् ।

धरहराको टुप्पोमा पुगेर काठमाडौं नियाल्दै नायक राजेश हमालले केक काटेका छन् । हमालले केक काट्ने क्रममा उनकी पत्नी मधु भट्टराई पनि उनको साथमानै रहेको देख्न सकिन्छ ।

धरहरामा काम गर्ने मजदुरहरुको हौसला बढाउनका लागि भन्दै हमालले धरहराको टुप्पोमा पुगेर केक काटेका हुन् । उनले केक काटेर धरहरा निर्माणमा खटिएका मजदुरहरुसँग खुसी साटेका थिए ।

नायक हमालले बुधबार बिहानै मन्दिर पुगेर पूजा गरेका थिए भने बेलुकी उनले परिवारसँग जन्मदिनको सेलिब्रेशन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्