मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, गृहमा अधिकारी सञ्चारमा थापा


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदलाई पुर्णता दिनुहुने भएको छ ।

आज अपरान्ह ४ बजे सपथग्रहणको कार्यक्रम आयोजना गर्न लागिएको प्रधानन्त्रीको सचिवालयले जनाएको छ । ७ मन्त्री र १ राज्यमन्त्री सहित मन्त्रिपरिषदलाई पुर्णता दिन लागिएको हो । पुर्णता दिन लागिएको मन्त्रीहरुमा नारदमुनी राना वनमन्त्री, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा सञ्चारमन्त्री र ज्वालाकुमारी साहलाई कृषिमन्त्रीमा नियुक्त गर्न लागिएको हो ।

यसैगरि राजकिशोर यादव उद्योगमन्त्री गणेश पहाडी सामान्य प्रशासन मन्त्री मोहन वानियाँलाई विनाविभागीय मन्त्रि र आशा विकलार्य वन राज्यमन्त्रीमा नियुक्त गरिने भएको जनाईएको छ ।

विस्तार गर्न लागिएको मन्त्रिपरिषदमा पूर्वमाओवादीबाट २ जसपा १ र बाँकी नेकपा एमालेको तर्फवाट मन्त्री नियुक्त गर्न लागिएको हो । मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेको माधव पक्ष मानिने गणेश पहाडी समेत परेका छन् ।


प्रतिक्रिया दिनुहोस्