सांसद किराँतीद्वारा ब्लड वैंक स्थापना

  • 1.6K
    Shares

भोजपुर । संघीय सांसद सुदन किराँतीले भोजपुर जिल्लामा ब्लड वैंक स्थापना गरेकाछन् । किराँतीले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको पहलमा ब्लड बैंक स्थापना गरेका हुन ।

ब्लड बैंक स्थापनाका लागि सांसद किराँतीले निर्वाचन क्षेत्र विकास कोष अन्तगर्त ५० लाख बजेट विनियोजन गरेका थिए । उक्त रकमबाट आवश्यक उपकरण भोजपुर नगरपालिकाले खरिद गरेर रेडक्रस लाई बुझाई सकेको छ ।

केही दिनमा उपकरण जडान भएपछि पुर्णरुपमा सञ्चालनमा आउने रेडक्रसका कार्यक्रम संयोजक तेज श्रेष्ठले बताएकाछन् । रेडक्रसले ब्लड बैंक स्थापनाका लागि धेरै बर्ष अगाडीबाट पहल थालेपनि बजेट अभावका कारण स्थापना हुन नसकेको रेडक्रसका सभापति तुलबहादुर सुव्वाले बताएकाछन् ।

ब्लड वैंक स्थापना नहुँदा विशेष गरी गर्भवती, महिला र सवारी दुर्घटनामा परेकाहरुको ज्यान जोखिममा रहने गरेको थियो ।






  • 1.6K
    Shares
प्रतिक्रिया दिनुहोस्