पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक – पौडेल

  • 3
    Shares

काठमाडाै । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन्। शनिबार क्रियाशील सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा कामको अवलोकन गर्न पुगेका नेता पौडेलले संवाददाताहरुसँग संक्षिप्त प्रतिक्रिया दिदैं सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताए। 

उनले वर्तमान सभापतिको नेतृत्व  परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए। पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोशिष भईरहेको पनि नेता पौडेलले बताए। 

समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही १ जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उनले बताए। अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार रहेको उनले प्रष्ट पारे। तर आफूले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने पौडेलको तर्कछ।

उनले महाधिवेशनको लागि आवश्यक आधारको रुपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्त भित्र टुंगिने विश्वास आफूले लिएको बताए। भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलले बताए। 


  • 3
    Shares
प्रतिक्रिया दिनुहोस्