अखिल(क्रान्तिकारी )द्वारा भोजपुरमा एमसिसिबारे सडक जनमत

  • 103
    Shares

भोजपुर । अनेरास्ववियू ( क्रान्तिकारी ) भोजपुरले मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसिसि ) को विषयमा सडक जनमत संकलन गरेको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू ( क्रान्तिकारी ) को आयोजनामा भएको कार्यक्रममा भोजपुर सदरमुकाम बजारमा मतपेटिका राखेर जनमत संकलन गरिएको थियो । संकलित जनमत मध्ये ८० प्रतिशत मत एमसिसिको विपक्षमा र ११ प्रतिशत मत पक्षमा आएको थियो । ९ प्रतिशत मत भने बदर भएको भोजपुर संगठन कमिटीका अध्यक्ष विश्वास राईले बताए ।

अमेरिकी सहयोग प्याकेज एमसिसि आम चासोको विषय बनेको छ । राष्ट्र हितको विपक्षमा भएको भन्दै धेरैले यसको विरोध जनाईरहेको छ । तर यसको कार्यन्वयन गरे मुलुकको हित हुने भन्दै कतिपय राजनीतिक दलनै खुलेर लागेका बेला अनेरास्ववियू ( क्रान्तिकारी ) भोजपुरले सडक जनमत गरेको हो ।

सडक जनमतको आधारमा अत्यधिक जनता एमसिसिको विपक्षमा रहेकाले यसलाई अस्विकार गर्न सरकारलाई अपिल गरिने अध्यक्ष राईले बताए ।






  • 103
    Shares
प्रतिक्रिया दिनुहोस्