विद्रोहको विगुल

  • 163
    Shares

करन मुक्मिन
राजदरवार हत्याकाण्डले मुलुक शोकमग्न भएका बेला गाउँका मसाले काका उर्फ जगजित राई भन्ने गर्थे , “ देशमा क्रुर तानाशाहको पुर्नउदय हुने भयो । ” काकाको दलिल थियो, “ शाही सेनाको बदमासी अव शुरु हुन्छ । स्वतन्त्रता हजम हुन्छ । तर नागरिकले प्रतिरोध गर्छ र पुन-स्वतन्त्र सार्वभौम मुलुकको पुर्नउदय हुन्छ । ”

हत्याकाण्डपछि ज्ञानेन्द्र शाह राजाको आसनमा श्रीपेच गुथ्न पुगे । समयक्रममा राजा ज्ञानेन्द्र मसाले काकाको पूर्वानुमान अनुरुप शासनसत्ता सञ्चालन गर्न थाले । उनले निर्दलीय व्यवस्थाको अभ्यास गर्न थाले । दलहरुलाई प्रतिबन्ध लगाउदै आफुमा सर्वाधिकार लागु गरे । जसका कारण राजा नागार्जुनमा थुनिनु पर्ने जो बाध्यता बन्यो । बालमष्तिष्कमा मसाले काकाको त्यो अभिव्यक्ति आजपर्यान्त कानमा गुञ्जिरहन्छ ।

निर्दलीय पञ्चायति व्यवस्थाको अन्त्य हुदै बहुदलीय व्यवस्था ०४६ सालको आन्दोलनले स्थापना त भयो तर राजासहितको प्रजातन्त्रले अन्तत पुन-मुलुकमा सार्वभौम जनताको अधिकार कुण्ठित हुन्छ भन्ने ठानेर नेकपा माओवादीले भुमिगत रुपमा जनयुद्ध शुरु गरे । जनयुद्धको बलमा राजा ज्ञानेन्द्रविरुद्द एकजुट भएका दलहरुले अन्तत ०६२/०६३ को आन्दोलनबाट गणतन्त्र स्थापना भयो ।

०५२ साल फागुन १ गते मुलुकलाई राजतन्त्र हैन गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने, यहाँको विकास र समृद्धि संघीयताबाट मात्र सम्भव हुने साथै समानुपातिक समावेशिता तथा धर्म निरपेक्षेता स्थापित गर्न आन्दोलनरत माओवादीका आवाज अन्तरिम संविधान ०६३ मा लिपिबद्ध भए । संविधानसभा मार्फत संविधानको वकालत गरेको माओवादीको भावना अनुसार संविधानसभाबाट ०७२ असोज ३ गते संविधान समेत जारी भयो । तर जारी सहमतिको संविधानमा कतिपय माओवादीका फरक मत छ ।

हुन त आज १० वर्षसम्म चलेको जनयुद्धलाई चर्काे रुपमा गाली गरेर नथाक्नेहरु समेत सकृय छन् । परिवर्तनलाई स्विकार गर्न नसक्ने यथास्थितिमा रमाएर परिवर्तनबाहक शत्तिलाई गाली गरेर भ्रम सिर्जना गर्ने जमात पनि बाक्लै छन् । उनीहरुले विर्सन्छन् कि ००७ सालको परिवर्तनसम्म नेपाली कांग्रेसको रत्तपातपुर्ण क्रान्ती । झापा आन्दोलनबाट उदाएका हालका नेकपा एमालेका त्यो हिंसात्मक गतिविधिलाई मात्र हिंसाको रुपमा बुझियो भने गलत हुन्छ । त्यो परिवर्तनको लागि क्रान्ती थियो । परिस्थिति अनुसार भएको क्रान्ती थियो ।

०५२ देखि शुरु १० वर्षे आन्दोलन समेत जनताले स्वतस्फुर्ता चलाएको आन्दोलन र जनताको अपार साथमा भएको सफल आन्दोलन थियो । अन्यायमा परेका जाती, धर्म, वर्ग, लिंगको समानता र सामाजिक न्यायका लागि नेकपा माओवादी आन्दोलनमा थियो । त्यसैको जगमा आज संविधानमा यी सारा चिज स्थापित भएको छ ।

संसदीय व्यवस्थामा टेकेर समाजवादसम्म पुग्न सकिने आधारका साथ हाल नेकपा माओवादी केन्द्र संसदमा निर्णायक भुमिकाका साथ सकृय छ । तर यो व्यवस्थालाईनै माओवादी केन्द्रले पुर्ण ठानेको छैन ।

महान ऐतिहासिक जनयुद्ध १० वर्षसम्म टिकाउनु र त्यसका उपलव्धीहरुलाई संस्थागत गर्नु कम चुनौतिपुर्ण थिएन । जो प्रचण्डको नेतृत्वमा सम्भव भयो । कम्युनिष्ट पार्टीको नाममा दास मानसिकता बोक्नेहरु आजपनि सकृय छन् । जो आफुलाई सच्चा क्रान्तिकारी र अरुलाई अवसरवादी करार गरिरहेछन् । परिवर्तन कुनै दिन हुन्छ धिमा गतिमा हुन्छ तर दु्रत गतिमा एउटा समयलाई रुपान्तरण गर्न सक्ने खुवी प्रचण्डबाहेक राजनीतिक नेतृत्वमा देखिएन ।

त्यसैले वर्तमान समयलाई रुपान्तरण गर्नका लागि युगका एक कुशल राजनीतिक नेतृत्व प्रचण्डनै हो । नेकपा माओवादी केन्द्रमा गोलवन्द भएर समाजवाद हुदै साम्यवाद सम्म पुग्न सकिने यो गन्तव्यमा एकाकार गोलवन्ध हुन सवै युवाहरुमा अपिल समेत गर्दछु ।


  • 163
    Shares
प्रतिक्रिया दिनुहोस्