सोल्टिनी गीतमा म्युजिक भिडियो ( भिडियोसहित )

  • 40
    Shares

भोजपुर । नविन हाङिखमको स्वरमा सजिएको गीत सोल्टिनीको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमन अधिकारीको रचना र राईमान राईको संगितमा रहेको गीतको भिडियो निर्माण भएको हो ।

भोजपुरको पर्याटकिय क्षेत्र चँखेवा लगायत क्षेत्रमा छायाँकन गरिएको भिडियोमा पत्रकार राजन समिप र विपना राईले अभिनय गरेका छन् । भिडियो परिकल्पना तथा कथा विरोध बस्नेतले गरेका हुन् । छायाँकन, भिडियो सम्पादन र निर्देशन विनोद प्रधानले गरेका छन् ।

मुन्दुम पदमार्गलाई सघाउ पुर्याउने र भोजपुरको ऐतिहासिक पर्याटकिय क्षेत्रलाई प्रवर्दन गर्ने उद्धेश्यका साथ निर्माण गरिएको भिडियो गीतलाई तायाजोङ मिडिया ग्रुप र भोजपुर फिल्म प्रालीले निर्माण गरेको हो । आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ननै भिडियाे निर्माणकाे प्रमुख उद्धेश्य रहेको निर्देशक विनोद प्रधानले बताए ।

भिडियो


  • 40
    Shares
प्रतिक्रिया दिनुहोस्