बँदेलसँग ठोक्किदा सीता एयरको जहाज दुर्घटनामा


काठमाडौं । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किदा सीता एयरको जहाज दुर्घटनामा परेको छ । मंगलवार बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

विमानस्थल स्रोतका अनुसार उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको छ । दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् ।

जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग ( तल्लो पेट) मा प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ । जहाजले १४ यात्रु र कार्गो बोकेको थियो ।


प्रतिक्रिया दिनुहोस्