फिल्म ‘कबड्डी ४’ काे पोस्टर सार्वजनिक

  • 4
    Shares

काठमाडाै । फिल्म ‘कबड्डी ४’ निर्देशक रामबाबु गुरुङले पोस्टर सार्वजनिक गरेका छन् l पोस्टरमा फिल्मका मुख्य पात्र दयाह्याङ राई लाई प्रस्तुत गरिएको छ l

अभिनेता राईलाई ध्यानीको रूपमा पाेष्टरमा देखिएका छन् l ‘कबड्डी ४’मा दयाहाङको अलावा,  सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, जयनन्द लामालगायतको मुख्य भूमिका रहने छ ।

फिल्मलाई मणिराम पोखरेलले निर्माण गर्नेछन् । सफल सिरिज ‘कबड्डी’को अन्तिम भागका रूपमा यस फिल्मलाई निर्देशक गुरुङले बनाएका हुन् l फिल्ममा तीन सिरिजमा देखिएका सम्पूर्ण कलाकारहरूलाई पनि विशेष भूमिकामा देख्न सकिनेछ ।


  • 4
    Shares
प्रतिक्रिया दिनुहोस्