साफ यू–१९ मा नेपालले भुटानविरुद्ध खेल्दै

  • 22
    Shares

काठमाडौं । महिला फुटबल च्याम्पियनसिप साफ यू–१९ अन्तर्गत नेपालले तेस्रो खेल भुटानविरुद्ध शुक्रबार खेल्दैछ । नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । 

भुटानविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ । पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइदैछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत लगातार दुई खेल जितेको भारत ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । आयोजक बंगलादेशले र नेपालले समान दुई खेल खेल्दा चार–चार अंक जोडेका छन् ।यता भुटानले तीन खेलबाट ३ अंक जोडेको छ र फाइनलको सम्भावना कायमै राखेको छ । 

लगातार तीन खेलमा पराजय भोगेको श्रीलंका भने फाइनल दौडबाट बाहिरिसकेको छ । नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । यता भुटानले भने पहिलो खेलमा श्रीलंकलाई ५–० ले पराजित गरेपनि दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो । 

भुटानले तेस्रो खेलमा भारतसँग ३–० पराजय भोगेको थियो । नेपालले आफ्नो अन्तिम डिसेम्बर १९ मा भारतविरुद्ध खेल्नेछ । 


  • 22
    Shares
प्रतिक्रिया दिनुहोस्