नेपालमा थप एक व्यक्तिमा ओमिक्रोन भेरिएन्ट

  • 9
    Shares

काठमाडाै । नेपालमा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि थप एक व्यक्तिमा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा यसबारे जानकारी दिएको हो। 

मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले एकजना ९८ वर्षीया वृद्धमा ओमिक्रोन भेरियन्ट देखिएको बताएकी छन्। उनका अनुसार ओमीक्रोन संक्रमित ती वृद्धा अहिले होम आइसोलेसनमा छिन्।

यी वृद्धालाई देखिएसँगै ओमीक्रोन संक्रमितको संख्या तीन पुगेको छ। यसअघि विश्व स्वास्थ्य संगठनका दुई कर्मचारीमा ओमिक्रोन भेरियन्ट देखिएको थियो। तर उनीहरु संक्रमण मुक्त भइसकेका छन् ।

पछिल्लो समय भारतमा ओमीक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ। 


  • 9
    Shares
प्रतिक्रिया दिनुहोस्