एमालेकाे ६१ जिल्लामा अधिवेशन हुँदै, अध्यक्ष ओलीकाे भर्चुअल सम्वाेधन

  • 11
    Shares

काठमाडाैँ । नेकपा एमालेकाे शुक्रबार ६१ जिल्लामा जिल्ला अधिवेशन शुरु हुदैछ । बिहान ११ बजे केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले ६१ जिल्ला अधिवेशनको एकसाथ भर्चुअल उद्घाटन गर्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

गत मंसिरमा १० औं महाधिवेशन गरेको एमालेले आज जिल्ला अधिवेशन गर्न लागेको हो। यस्तै प्रदेश अधिवेशन आगामी माघ ८ गते गर्ने तयारी एमालेले गरेको छ। यसैबीच एमाले संगठन विभागले जिल्ला नेतृत्व सम्बन्धमा मापदण्ड बनाई ७७ वटै जिल्लामा परिपत्र गरेको छ।

मापदण्डअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ। जिल्ला सदस्य हुन जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल बिताएको हुनुपर्नेछ।

त्यस्तै एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ (११) अनुसार हुने एमालेले जारी गरेको सर्कुलरमा उल्लेख छ।

जिल्ला अधिवेशनबाट एमालेको नयाँ जिल्ला कमिटी चयन हुनेछ। 


  • 11
    Shares
प्रतिक्रिया दिनुहोस्