राष्ट्रियसभा निर्वाचनमा एमालेका लागि प्रतिकुल नतिजा आउन सक्छ — केपी शर्मा ओली

  • 18
    Shares

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हुन लागिरहेको राष्ट्रियसभा निर्वाचनमा आफुहरुको पक्षमा प्रतिकुल नतिजा आउने सम्भावना भएकाले नअत्तालिन नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ ।

पार्टीका ६१ जिल्लामा शुरु भएको जिल्ला अधिवेशनलाई भर्चुअल सम्वोधनमार्फत उद्घाटन गर्नुहुदै अध्यक्ष ओलीले फरक परिस्थितिमा निर्माण भएको जनमतको आधारमा हुन लागेको निर्वाचन आफुहरको पक्षमा नरहेको बताउनुभएको हो । उहाँले वर्तमान अपवित्र गठवन्धनले केहि मतमा आफुहरुलाई पछि पारेपनि यसले पार्टीलाई खास असर नगर्ने दावी गर्नुभएको हो ।

अध्यक्ष ओलीले प्रतिकृयावादीहरुको अपवित्र गठवन्धनबाट सिंगो एमालेमा भईरहेको अन्तिम प्रहारको रुपमा राष्ट्रियसभाको निर्वाचन रहेको समेत बताउनुभएको छ । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठवन्धनदलहरुलाई स्वार्थसमुहको झुण्डको रुपमा अथ्र्याउनुभएको छ । जनताको मनोभावना विपरित वर्तमान सरकारले एकपछि अर्काे काम गरिरहेको आरोप समेत अध्यक्ष ओलीले लगाउनुभएको छ ।

अध्यक्ष ओलीले अव नेकपा एमालेमा जनताको भरोषा र आशालाई कसैले रोक्न नसक्ने समेत दावी गर्नुभएको छ । अव निकट समयमा हुने तीनै तहको निर्वाचनमा एमाले एक्लै सहभागी हुने र जस्तोसुकै गठवन्धनलाई समेत पराजित गर्ने तागत एमालेमा रहेको अध्यक्ष ओलीको ठोकुवा छ । यसका लागि नेता कार्यकर्ताहरुलाई सकृय भएर जनताको घरदैलोमा पुग्न निर्देशन समेत दिनुभएको छ ।


  • 18
    Shares
प्रतिक्रिया दिनुहोस्