नेकपा एमाले भोजपुरकाे अध्यक्षमा शरणकुमार राई सर्वसम्मत चयन

  • 21
    Shares

भोजपुर । नेकपा एमाले भोजपुरकाे अध्यक्षमा शरणकुमार राई सर्वसम्मत चयन भएकाे छ । अध्यक्षका लागि निर्वाचनको संभावना प्रबल रहेकोमा नेताहरूको पटक-पटकको कसरतबाट सहमतिमा नेतृत्व छानिएको हो ।

१० बुँदे कार्यान्वयनको क्रममा एमालेमै रहेका राईलाई गत असोज ५ गते जिम्मेवारी हेरफेर गर्दै उपाध्यक्ष बनाइएको थियो । मक्कर खड्कालाई सचिवको जिम्मेवारी दिइएको थियो ।

अर्का दाबेदार मक्कर खड्कालाई उपाध्यक्षमा सहमति गराइएको छ । सर्वसम्मत भएका अन्य पदाधिकारीमध्ये सचिवमा किरण राई, सहसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती छन् ।


  • 21
    Shares
प्रतिक्रिया दिनुहोस्