एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति संयुक्त विद्यार्थी संगठनकाे ऐक्यवद्धता

  • 15
    Shares

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । एमालेको विद्यार्थी सँगठन अनेरास्ववियु बाहेकका ७ विद्यार्थी संगठनले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न दबाब दिएको हो ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनलगायत संगठनहरूले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौं उपत्यकामा रहेको काठमाडौं मेडिकल कलेजको समस्या समाधान गर्न माग गरेका छन् । नोबेल मेडिकल कलेजको आन्दोलनमा विद्यार्थीमाथि आक्रमण भएको भन्दै कारबाहीको मागसमेत गरेका छन् ।

उनीहरूले समस्या समाधानको पहलका लागि गृहमन्त्री, शिक्षामन्त्री र चिकित्सा शिक्षा आयोगमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेका छन् । मंगलबार काठमाडौं मेडिकल कलेजमै उपस्थित भई विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने कार्यक्रम तय भएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

विज्ञप्ती


  • 15
    Shares
प्रतिक्रिया दिनुहोस्