भोजपुरमा जारी गोल्डकपको क्वाटर फाईनल खेलमा सुनसरीसँग २-१ को गोलान्तरबाट खोटाङ पराजित

  • 242
    Shares

नवीन मास्के,
भोजपुर ।
भोजपुर सदरमुकाममा जारी पाचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकपको क्वाटर फाईनल खेलमा भगवती स्पोटस् क्लब खोटाङलाई १ का विरुद्ध २ गोल गर्दै राष्ट्रिय जागृति क्लब सुनसरी सेमी फाईलनमा प्रवेश गरेको छ । भोजपुरको स्थानीय टुँडिखेलमा आज भएको खेलमा जागृति क्लब सुनसरीका खेलाडी मार्टीनले खेलको ३० औ मिनेटमा गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । भगवती स्पोर्ट्स क्लब खोटाङले एक गोल खाएपछि खेल आक्रमक बन्दै गएको थियो।

उक्त आक्रमक खेललाई भगवती स्पोटस् क्लब खोटाङका खेलाडी शरद राईले खेलको ३६ औ मिनेटमा जवाफी गोल फर्काए पछी पहिलो हाल्फ समयसम्म खेल बरावरीको अवस्था रहेको थियो। पहिलो हाल्फ टाइम पछि खेल झनै आकर्षक र आक्रमक बनेको थियो । खेलको ६६ औ मिनेटमा पुनः राष्ट्रिय जागृति क्लब सुनसरीका कब्बु राईले गोल गर्दै आफ्नो टिमलाई विजयी गराएका हुन् । आज भएको खेलबाट राष्ट्रिय जागृति क्लब सुनसरीका जर्सी नं. २ का खेलाडी पेटर नगद रु.तीन हजार पाँच सय सहित म्यान अफ द म्याच समेत घोषित भएका छन् ।

क्वाटार फाईनलको खेलमा हिजो भोजपुर फुटबल क्लवसंग सगरमाथा युथ क्लब मोरङ र आज राष्ट्रिय जागृति क्लब सुनसरीसंग भगवती स्पोटस् क्लब खोटाङ पराजित हुदै खेलबाट नकाउट भएका छन् ।

म्यान अफ द म्याच घोषित पेटर

जारी प्रतियोगिताको विजेताले नगद ५ लाख, ट्रफी र दोश्रो हुने टिमले नगद पुरस्कार रु. ३ लाख प्राप्त गर्नेछ्न ।भोलि बसाह क्लब उदयपुर र गोर्खा ब्वाइज क्लब रुपन्देहीबिच खेल हुने समेत आयोजकले जनाएको छ ।

राष्ट्रिय जागृती क्लब सुनसरिका खेलाडीहरु
भगवती स्पोर्ट्स क्लब खोटाङका खेलाडिहरु


  • 242
    Shares
प्रतिक्रिया दिनुहोस्