५ औं भोजपुर ट्रेल रेस चैत्र १२ गते हुने , रेसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक धाविकाले सहभागिता जनाउन पाउने

  • 95
    Shares

नवीन मास्के,
भोजपुर । अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मिरा राई फाउण्डेसनद्वारा आयोजित ५ औं भोजपुर ट्रेल रेस यही चैत्र १२ गते हुने भएको छ । फाउण्डेसनले एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी गराएको हो । कोरोना महामारीका कारण विगत २ वर्ष सम्म स्थगित रहेको ट्रेल रेस यसपटक कोरोना महामारी केही सामान्य भएपछि पुनः आयोजना गरिएको हो । उक्त रेस गत २०७६ सालमा कानुनी रुपमा स्थापना गरिएको मिरा राई फाउण्डेसनले हरेक वर्ष ट्रेल रेसको आयोजना गर्दै आएको छ। यसअघि आयोजित ३६ किलोमिटरको रेसमा १४ किलोमीटर दुरि थपिएको हुनाले प्रतिस्पर्धिहरुले जम्मा ५० किलोमिटर दुरिमा राष्ट्रिय अन्तर्राष्ट्रिय धावक धाविकाले प्रतिस्पर्धा गर्ने भएका छन्।

उक्त रेसको विजेता महिला पुरुष धावक धाविकाले क्रमशः नगद ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार, चौथोले १० हजार र सान्त्वनाले नगद ५ हजार सहित प्रमाणपत्र हात पार्नेछन्। प्रतियोगितामा स्थानीयस्तरमा १० किलोमिटर र बालबालिकाहरूका लागी ४ किलोमिटर ट्रेल रेसको आयोजना गरिने भएको हो। उक्त रेसका प्रथम विजेताले नगद रु. १० हजार दोस्रोले नगद ५ हजार र तेस्रोले नगद ३ हजार सहित प्रमाणपत्र हात पार्नेछन्। प्रतियोगितामा ५० किलोमिटर ट्रेल रेसमा सहभागिता हुन दर्ता शुल्क १ हजार तोकिएको छ भने विद्यार्थीहरूका लागी दर्ता शुल्कमा ५० प्रतिशत छुट गरी ५ सय तोकिएको छ। यसैगरी स्थानीय स्तर १० किलोमिटर र बालबालिकाहरूका लागी ४ किलोमिटरमा दर्ता शुल्क १ सय तोकिएको फाउण्डेसनका अध्यक्ष हंशराज राईले जानकारी दिएका छ्न्। यश रेसमा करिब ३ सय जना सहभागी हुने भएकाले रेसका प्रतिस्पर्धिहरुका लागि खानाबस्न निशुल्क गरिएको आयोजकले जनाएको छ ।


  • 95
    Shares
प्रतिक्रिया दिनुहोस्