नैतिकताको घेरामा भोजपुर कांग्रेस

  • 136
    Shares

नविन मास्के

सत्तारुढ गठबन्धन दल सन्निकट स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने गरि मनोनयन समेत दर्ता गरिसकेको छ । मिल्ने ठाउमा तालमेल नत्र मित्रवत प्रतिष्पर्धा गर्ने गठबन्धनमा सहमति छ । गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल नगर्ने केन्द्र देखि प्रदेश हुँदै जिल्लाका संयन्त्रहरुमा समेत सहमति छ ।

बैशाख १२ गते स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोयन दर्ता प्रकृयामा घोषणा गरेर नै भोजपुरको आमचोक गाँउपालिकामा कांग्रेसले एमालेसँग गठबन्धन गरेर माओवादीलाई एक्लाउने प्रयास गरेको छ ।

भोजपुर सदरमुकाममा हप्तादिन बढी गठबन्धन दल अन्तर्गत कांग्रेस कै नेतृत्वमा बसेको बैठकबाट भद्र सहमति बनेको थियो । सहमति अनुसार ७ स्थानीय तहमा तालमेल र जिल्ला समन्वयको प्रमुख उपप्रमुखमा समेत भागबन्डा गरिएको थियो । अरुण र आमचोकमा एक्लाएक्लै मित्रवत प्रतिष्पर्धा गर्ने भनेको कांग्रेसले यतिवेला एमालेलाई नेतृत्वमा उभ्याएर भद्र सहमति तोड्ने प्रयत्न गरेको छ ।

जेठो पार्टी मात्र हैन कांग्रेस लोकतन्त्र र प्रजातन्त्रको समेत हिमायतीको वकालत गर्ने पार्टी हो । उसका आम नेता कार्यकर्तासँग लोकतन्त्रका अनेकन आयामसँग भिज्ने सामर्थ्य छ भन्ने कांग्रेसको दाबी छ । भाेजपुरमा विगतका नजिर हेर्ने हो भने अन्तरघातकाे सिकारबाट भोजपुर कांग्रेस प्रताडित थियाे । तर धेरैले अड्कलबाजी गरेका थिए भोजपुर कांग्रेससँग त्यहि विगतको गतिलो सिकाईले सुजबुजसहित पार्टीका निर्णायमा प्रतिवद्ध देखिने गरि एक भएको छ । तर त्यसो देखिएन सिंगो जिल्ला पार्टीको निर्णायको धज्जी उडाउदै गाउँपार्टी गठबन्धन दलकै विरुद्धमा उभिएको छ ।

विश्वासमा बाधिएर एउटा निरकुंश शासक, सनकदार नेतृत्वको पार्टीलाई कमजोर बनाउन प्रतिवद्ध माओवादी यतिवेला आफ्नै सहयात्री दलको पिडामा छटपटिन बाध्य छ । जित हारको कुरा आफ्नो ठाउमा होला तर नैतिकताको खडेरि सहयात्री दलसँग रहदा पिरोलिएको छ यतिवेला भोजपुर माओवादी केन्द्र । आमचोक गाउँपालिका माओवादी केन्द्रको भरासिलो जनमत भएको स्थानीय तह हो । सवै मिलेर आएपनि उसले एक्लै निर्वाचनमा जित हासिल गर्न सक्ने ल्याकत राख्दछ । तर सहमति सहकार्यको धज्जी उडाएको कांग्रेसको नैतिकतासँग भने माओवादीको दुखेसो छ ।

माओवादी केन्द्रले सहमतिका नाममा अनेकन चुनौतिका बाबजुद पनि उलंघन गर्ने प्रयत्नलाई रोेकेको छ । बरु तालमेलको सहमति हुन नसके मित्रवत प्रतिष्पर्धाका लागि भोजपुरको पौवादुंमा, साल्पा सिलिचुङ लगायत गाउँपालिकाको निर्णायलाई स्वीकारेको छ । जुन जिल्ला स्तरिय संयन्त्रको भावना अनुसार नै थियो । नेकपा माओवादी केन्द्रको अरुण गाउँपार्टीमा समेत गठबन्धन बाहिर रहेका एमालेसँग तालेमल गरेर कांग्रेसको गढ भत्काउने प्रस्ताव नआएको हैन । तर उसले आफ्नौ नैतिकता प्रदर्शन गर्याे र एक्लाएक्लै चुनावी प्रतिष्पर्धा गर्ने ल्याकत राख्यो । कांग्रेसको नेतृत्व लाई खुलमखुल्ला निशर्त सहयोग गर्न माओवादी केन्द्र तम्सिएको छ । भोजपुर नगरपालिका ट्याम्के मैयुङ गाउँपालिकामा प्रमुख उपप्रमुख नलिएर पनि कांग्रेस नेतृत्वलाई सहयोग गर्न माओवादी केन्द्र प्रतिवद्ध छ ।

नेपाली कांग्रेसले माओवादी केन्द्रलाई आमचोकबाट झस्काएको छ । यो निर्णाय कांग्रेसजनले नसच्याए भोजपुरमा विगतको अन्तरघातकाे चोट पुन गठबन्धन सहयात्री दलबाट भोग्नुपर्ने अवस्था नहोला भन्न सकिन्न । त्यसैले अन्य गाउँपालिका जस्तै मित्रवत प्रतिष्पर्धाका लागि कांग्रेसले आमचोकमा वातावरण बनाउन नसके जिल्लाको नतिजा गठबन्धनको लागि अनुकुल हुन नसक्ने देखिन्छ । कांग्रेस नेतृत्वमा उभिएका आशावान नेता विनोद बान्तावाको लागि यो चुनौति र अवसर दुवै हुन सक्छ । गठबन्धनलाई उपयोग गरेर कांग्रेसले भोजपुरमा पुन आफ्नो विरासत फर्काउने हो कि अन्तरघातको पुरानो रोगबाट ग्रसित भईरहने कांग्रेसको लागि यो परिक्षाको घडि हुन सक्छ ।


  • 136
    Shares
प्रतिक्रिया दिनुहोस्