हतुवागडीको पालिका अध्यक्षमा प्रेम कुमार राई र उपाध्यक्षमा सुनिता किराती विजयी,

  • 246
    Shares

नविन मास्के,
जेठ २, भोजपुर ।
भोजपुरको हतुवागढी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेमकुमार राई र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का सुनिता किराती विजयी भएका छन् ।एमालेका उम्मेदवार प्रेमकुमारले उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गजेन्द्र कार्कीलाई ६८९ मतले हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् भने यता माओवादी केन्द्रका उम्मेदवार सुनिताले एमालेका कमला राईलाई ९६ मतले पछि पार्दै पालिका उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
पालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित बनेका प्रेम कुमारले ४ हजार ४० मत ल्याएका थिए भन उनका निकटत्तम प्रतिद्धन्दी गजेन्द्रले ३ हजार ३ सय ५३ मत ल्याएका थिए ।
पालिका उपाध्यक्षमा निर्वाचित भएकी सुनिताले ३ हजार ७ सय ७ मत ल्याएकी छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेकी कमला राईले ३ हजार ६ सय ११ मत ल्याएकी थिईन् । ९ वडा रहेको उक्त गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र ९ एमाले र वडा नं ७ र ८ मा नेपाली कांग्रेसले विजयी बनेको छ ।


  • 246
    Shares
प्रतिक्रिया दिनुहोस्