टेम्केमयुङको पालिका अध्यक्षमा गठबन्धनका सरोज, उपाध्यक्षमा एमालेकी रमा विजयी,

  • 41
    Shares

नविन मास्के,
जेठ ३, भोजपुर ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धन दल काँग्रेसका उम्मेदवार सरोज बस्नेत विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार बस्नेतले उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका ध्रुव राईलाई ६ सय ९२ मतको फराकिलो मतले पछि पार्दै गाउँपालिको अध्यक्षमा विजयी भएका हुन् । विजयी अध्यक्ष बस्नेतले ३ हजार ९ सय ८० मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी एमालेकाका राईले ३ हजार २ सय ८८ मत प्राप्त गरेका थिए। पराजित राई अगिल्लो निर्वाचनमा एमालेबाट टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।यस्तै पालिकाको उपाध्यक्षमा एमालेकी रमा राई विजयी भएकी छिन् । विजयी राईले ३ हजार ३ सय ८८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्धन्दि गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार ईन्द्रावती राईले ३ हजार २ सय ९८ मत प्राप्त गरि पराजित भएकी छिन् ।
यता गाउँपालिकाको ९ वटा वडाहरु मध्ये ५ वटा वडामा नेकपा एमाले, २ वटा वडामा नेपाली काँग्रेस, १ वटा वडामा नेकपा (माओवादी केन्द्र) र १ वटा वडामा जनता समाजवादी पार्टी नेपालले जित हाँसिल गरेको हो ।


  • 41
    Shares
प्रतिक्रिया दिनुहोस्