नविन मास्के,
जेठ ३, भोजपुर । भोजपुर नगरपालिकामा गठबन्धनका साझा उम्मेदवार कैलाश कुमार आले विजयी भएका छन् । गठबन्धन दल काँग्रेसका उम्मेदवार आलेले उनका निकटतम प्रतिद्धन्द्धी एमालेका भरत तामाङ्गलाई पाँच सय १५ मतले पछि पार्दै मतान्तरका साथ नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । नगरको मत गणनाको अन्तिम परिणाम अनुसार मेयरमा निर्वाचित आलेले पाँच हजार छ सय १५ मत ल्याएका हुन् भने एमालेका उम्मेदवार तामाङ्गले पाँच हजार एक सय मत मात्रै ल्याएका थिए ।
यस्तै नगरको उपमेयरमा नेकपा एमालेकी निर्मला शेर्पा विजयी भएकी छिन् ।उनको निकटतम प्रतिद्धन्द्धी गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) की उपमेयर प्रत्यायसी ममिता राईलाई तीन सय ६७ मतको मतान्तरबाट शेर्पा नगरको उपमेयरमा निर्वाचित भएकी हुन् । एमालेकी उम्मेदवार शेर्पाले पाँच हजार पाँच सय मत ल्याईन् भने यता गठबन्धन दल काँग्रेसकी उम्मेदवार राईले पाँच हजार एक सय ३३ जम्मा मत प्राप्त गरेकी थिईन् ।
यस्तै नगरपालिकाको १२ वडाहरु मध्ये ८ वटामा नेपाली काँग्रेस, ३ वटामा नेकपा एमाले, १ वटामा नेकपा (माओवादी केन्द्र)ले विजय प्राप्त गरेको हो ।
भोजपुर नगर प्रमुखमा गठबन्धनका कैलाश र उपमा एमालेकी निर्मला विजयी,
प्रतिक्रिया दिनुहोस्