षडानन्द नगर प्रमुखमा उदास र उपप्रमुखमा गठबन्धनका प्रमिला विजयी

  • 25
    Shares

नविन मास्के,
जेठ ३, भोजपुर ।
भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा सुरेन्द्र उदास विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार उदासले गठबन्धनका उम्मेदवार वीरबल राईलाई १ हजार १५ मतले पछि पार्दै नगरको मेयरमा विजयी भएका हुन् ।
विजयी मेयर उदासले ६ हजार ७ सय ७२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दि गठबन्धनका राईले ५ हजार ७ सय ५७ मत प्राप्त गरेका थिए। राईले अगिल्लो निर्वाचनमा उदासलाई नेपाली कांग्रेसको तर्फबाट पराजित गरेका थिए ।
यस्तै नगरको उपप्रमुखमा गठबन्धनका उपमेयरका साझा उम्मेदवार प्रमिला राई भारि मतान्तरका साथ विजयी प्राप्त गरेकी छिन् । विजयी राईले ७ हजार २ सय ५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दि मेरिका राईले ४ हजार ३ सय ५८ मत प्राप्त गरि पराजित भएकी हुन् । विजयी प्रमिला राई गत निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार हुँदा नेकपा एमालेको तर्फबाट मेरिका राईले पराजित गरेकी थिईन् ।
यता नगरपालिकाको १४ वटा वडाहरु मध्ये ६ वटा वडामा नेकपा एमाले, ४ वटा वडामा गठबन्धन दल र ४ वटा वडामा नेपाली काँग्रेसले जित हाँसिल गरेको हो ।


  • 25
    Shares
प्रतिक्रिया दिनुहोस्