भोजपुरका ७ पालिका प्रमुखले लिए सपथ, २ पालिका प्रमुख अनुपस्थित।

  • 140
    Shares


रातोपर्खाल,
जेष्ठ ६, भोजपुर ।
भोजपुरको नौ वटा स्थानीय तह मध्ये सात पालिकाका प्रमुखहरुले शुक्रबार सपथग्रहण गरेका छन् । जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका मध्ये षडानन्द नगरपालिका र अरुण गाउँपालिका प्रमुख बाहेका अन्य पालिका प्रमुखहरुले मुख्य निर्वाचन अधिकृतसँग सपथग्रहण गरेका हुन् ।

स्थानीय तह निर्वाचनबाट निर्वाचित नगरपालिकाका प्रमुख गाउँपालिका अध्यक्ष र गाउँपालिका अध्यक्षले सम्बन्धित जिल्लाको जिल्ला न्यायाधीश समक्ष सपथग्रहण गर्ने व्यवस्था गरिएको छ । सोही अनुसार भोजपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश गेहेन्द्रराज पन्तसँग पालिका प्रमुखहरुले सपथ लिएका हुन्।


भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आले, आमचोक गाउँपालिका प्रमुख अशोक राई, रामप्रसाद राई गाउँपालिका प्रमुख थामबहादुर राई, हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राई, टेम्केमैयुङ गाउँपालिका प्रमुख सरोज बस्नेत, पौवादुङमा गाउँपालिका प्रमुख किरण राई र साल्पासिलिछो गाउँपालिका प्रमुख दौलथ कुलुङले सपथ ग्रहण गरेका हुन् ।

जिल्लाको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र उदास र अरुण गाउँपालिका प्रमुख शालिकराम खत्रीले भने शुक्रबारको सपथग्रहण कार्यक्रममा उपस्थिती जनाएका थिएनन् । भोजपुरमा ३ पालिका प्रमुख कांग्रेस, २ पालिका माओवादी केन्द्र, ३ पालिका एमाले र १ पालिका प्रमुख स्वतन्त्र रहेका छन् ।

भोजपुर नगरपालिकामा आयोजित सपथ ग्रहण कार्यक्रममा भोजपुर नगरपालिका भित्रका निर्वाचित जनप्रतिनिधीहरुलाई बिजय भएको प्रमाण पत्र समेत बितरण गरिएको थियो भने भोजपुर नगरपालिका प्रमुख आलेले निर्वाचित उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरुलाई सोही कार्यक्रममा सपथग्रहण समेत गराएका थिए ।


  • 140
    Shares
प्रतिक्रिया दिनुहोस्