निर्माणको निर्णय सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण, स्वास्थ्य स्वयंसेवीकाको भत्ता सय प्रतिशतले वृद्धि

  • 328
    Shares

रातोपर्खाल,
जेष्ठ ९, भोजपुर ।
भोजपुरको रामप्रसादराई गाउँपालिकाका नव निर्वाचित अध्यक्ष थामबहादुर राई निर्माण र उपाध्यक्ष विरेन्द्र राईले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण संगै पहिलो निर्णय गर्दै सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण गर्ने र महिला स्वास्थ्य सयम् सेविकाको भत्ता सय प्रतिशत वृद्धी गरिने निर्णय गरेको छ ।
यस अघि गाउँपालिकाबाट वितरण गर्ने गरिएको सामाजिक सुरक्षा भत्ता लिनका लागि घण्टौ धाउनु पर्ने बाध्यता वृद्धवृद्धालाई थियो । त्यस्तै माशिक १५ सय भत्ता पाउँदै आएका महिला स्वास्थ्य स्वयंसेवीकालाई आगामी चौमाशिकबाट ३ हजार वितरण गर्ने निर्णय गरिएको छ । हाल बढाईएको रकम पहिलाको तुलनामा भन्दा सय प्रतिशत बढी हुन आउँछ ।
नव निर्वाचित अध्यक्ष राईले यस अघि यी दुई विषय आफ्नो चुनवाी घोषणा पत्रमा उल्लेख गरेका थिए । आफ्नो चुनावी घोषणा पत्र सामान्य भुईमान्छेहरुको जिवनमा सुधार ल्याउने कार्यक्रम संग सम्बन्धित रहेकाले आफ्नो कार्यकाल भित्र घोषणा पत्रमा उल्लेख भएका सबै कुरा पुरा हुने बताएका छन् । अब नागरिकको जीवनमा गणतन्त्र आउनु पर्ने बताउँदै राईले सञ्चाकर्मीहरु संग भने “स्थानिय सरकार भनेको जनताको घर दैलोको सरकार हो । यसले आम नागरिकको आवाज बोल्नु पर्छ,आम नागरिकको आवश्यकता अनुसारको जनपक्षिय काम गर्नुपर्छ । व्यवस्था परिवर्तनका लागि लढेका हामिले अब जनताको अवस्था बदल्न लाग्नु पर्छ” ।


  • 328
    Shares
प्रतिक्रिया दिनुहोस्