सत्ताको शोखले हैन जनताको सेवामा समर्पित हुन निर्वाचित भएको हुँ:अशोक राई


रातोपर्खाल,
जेष्ठ ९, भोजपुर ।
जनप्रीय निर्णय गर्दै आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले आफु सत्ताको शोखले नभएर जनताको शेवामा समर्पीत हुन निर्वाचित भएको बताएकाछन् । आफ्नो दोश्रो कार्यकालको पदभार ग्रहण गरीसकेपछि राईले रातो पर्खाल संग भने “आमचोकका भुँई मान्छेहरुको सारथी बन्ने प्रयत्न हिजो पनि थियो र आज पनि रहने छ । मेरो जित आमचोकबासी विकास प्रेमी जनताको जित हो । यहाँका नागरिकको विश्वास र अभिमतलाई अपमान गर्ने काम म बाट एक इन्च पनि हुने छैन” ।
सोमबार दोश्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष अशोक राई र उपाध्यक्ष सिता राईले सोमबार पदभार ग्रहण गरेसंगै फेरीपनि जनप्रीय निर्णय गरेकाछन् । गाउँपालिका अध्यक्ष अशोक राईले आफ्नो पहिलो निर्णय जेष्ठ नागरिक र आपाङ्ग असक्ताहरुको लागि यातायत सुविधा प्रदान गर्ने निर्णय गरेकाछन् । त्यस्तै दोश्रो निर्णय क्यान्सर जस्ता दिर्घरोगीलाई एक लाख सम्म साहायता उपलब्ध गराउने निर्णय गरेकाछन् ।
त्यस्तै उपाध्यक्ष सिता राईले पालिका भरी प्रसुतिका लागि निशुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेकाछन् । अशोक र सिता दुवै आमचोकको अध्यक्ष उपाध्यक्षमा दोश्रो कार्यकालका लागि निर्वाचित भएकाहुन् । पहिलो कार्यकालमा आत्मनिर्भर मुखी विकासका मोडेल अगाडी सारेका यि दुवैले यो पटक कांग्रेस एमालेका गठबन्धनका विच पनि जित हाँशिल गरेका हुन् । बालमैत्री गाउँपालिका,छुवाछुत मुक्त घोषणा घर विहिन जनतालाई जनता आवास कार्यक्रम मार्फत घर वितरण आदी कामले यि दुई जना जनप्रीय बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस्