भोजपुर नगरपालिकाको कार्यपालिका सदस्यमा काग्रेसका ८ जना बिजयी,

  • 49
    Shares

रातोपर्खाल,
जेष्ठ १८, भोजपुर ।
भोजपुर नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनका नेपाली काग्रेसका आठ जना कार्यपालिका सदस्य बिजयी भएका छन् । बुुधवार भएको कार्यपालिका निर्वाचनमा काग्रेसका आठ जना सदस्य निर्वाचित भएका हुुन् ।
कांग्रेसका तर्फबाट निर्वाचित हुुनेमा टिका कुमारी सार्की , मन कुमारी राई , भिम छिरीङ्ग शेर्पा ,चन्द्रा राई, प्रतिक्षा श्रेष्ठ, बन्दना सुन्दास, रोमादेवी मंग्राती (सार्की) र लक्ष्मी तामाङ श्रेष्ठ रहेका छन् । उनिहरु नेकपा एमालेका उमेरदवारलाई हराउदै नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् । कार्यपालिका निर्वाचनमा एमालेका अनु भुजेल, छेची शेर्पा , दिपेन दर्नाल , जानुका खडका ९बस्नेत०, रितामाया राई, शारदा देवी थापा, सत्यकला राई र संमिक्षा तामाङ पराजित भएका छन् । नव निर्वाचित कार्यपालिका सदस्यहरुले बुधवार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेको भोजपुुर नगपालिकाका मेयर कैलाश कुमार आलेका स्वकिय सचिव मनोज खनालले बताए ।
उनीहरुलाई मेयर आलेले पद तथा गोपनियताको सपथ खुवाएर प्रमाणपत्र वितरण गरेको खनालले जानकारी दिए । भोजपुुर नगरपालिकामा नेपाली काग्रेसको एकल बहुमत रहेको छ । गत बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा काग्रेसले मेयर सहित १२ वटा मध्ये ८ वटा वडा जितेको हो ।
यस्तै नेकपा एमालेले उपमेयर सहित ३ वटा वडामा जित हासिल गरेको छ । नेकपा माओबादी केन्द्रले भने एउटा वडा जितेको निर्वाचन कार्यालय भोजपुुरले जनाएको छ ।


  • 49
    Shares
प्रतिक्रिया दिनुहोस्