भोजपुरको हतुवागढीमा जंगली च्याउ खाँदा १ बालिकाको मृत्यु, ५ जना बिरामी


रातोपर्खाल,
जेष्ठ, २४,भोजपुर ।
भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाकोको मृत्यु भएको छ । जंगली च्याउ खाँदा हतुवागडी गाउँपालिका वडा नं.३ बस्ने आशकुमार राईको पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको हो ।

च्याउ खाएको केही समयपछि रिँगटा लाग्न सुरु भएपश्चात प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचारका लागि लगिएको र उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरी निरीक्षक नितेशकुमार सिंहले जानकारी दिए ।

च्याउ खाएर बिरामी परेका ५ जनाको भने उपचार भरहेको छ । सामान्य अवस्था रहेका ४३ वर्षीय आशकुमार राई, ३८ वर्षीया धनकुमारी राई, २० वर्षीया योगिता राई, ८ वर्षीया सुमित्रा राई र ३ वर्षीया सृष्टि राईको गाउँपालिका स्थित प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्