७८ वर्षिय वृद्धलाई धारिलो हतियार प्रहार गरी फरार रहेका व्यक्तिहरु प्रहरीको नियन्त्रणमा

  • 19
    Shares

रातोपर्खाल,
जेष्ठ २७ भोजपुर ।
भोजपुुरको रामप्रसादराई गाउँपालिका वडा नं. ४ का ७८ वर्षिय एक वृद्धलाई ज्यान मार्ने हिसाबले धारिलो हतियार प्रहार गरी गम्भिर घाँईते बनाई फ्रहार रहेका व्यक्तिहरुको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत जेष्ठ २५ गते रातको १० १५ बजेको समयमा तेज बहादुर भुजेलमाथि आफ्नै घरमा अज्ञात व्यक्तिहरुको समुहले धारिलो हतियार खुकूरी प्रहार गरी गम्भिर घाँईते बनाई फ्रहार रहेका घटनामा संलग्न व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक नितेश कुमार सिंहले जानकारी दिएका छन् ।

घटनाकाे जानकारी प्रहरीलाई भए लगत्तै जिल्ला प्रहरी कार्यालय भोजपुरले तत्काल प्रहरी टोली परिचालन गरेको थियो । विशेष प्रहरी टोलिको छानबिनबाट घटनामा संलग्न व्यक्तिहरुको पहिचान भए पश्चात प्रचलित कानुन बमोजिम उक्त व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक सिंहले बताए । पक्राउ पर्नेहरुमा रामप्रसादराई गाउँपालिका २ बाखोरा बस्ने ४२ वर्षिया राजेन्द्र भुजेल, धोद्लेखानीका ३२ वर्षिया देउराज राई, वडा नं. ४ दलगाउँ बस्ने २४ वर्षिया पूर्ण कुमार राई र सोही स्थानमा रहँदै आएका २२ वर्षिया सरोज कटुवाल रहेका छन् ।

प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुलाई जिल्ला अदालत भोजपुरबाट पाँच दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग कसुर अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


  • 19
    Shares
प्रतिक्रिया दिनुहोस्