निर्वाचनमा अन्तर्घात गर्नेलाई माओवादी केन्द्रले कारवाही गर्ने

  • 18
    Shares


रातोपर्खाल,
जेष्ठ ३१, भोजपुर ।
नेकपा (माओवादी केन्द्र) भोजपुरले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई छानबिन गरि कारवाहीको दायरामा ल्याउने भएको छ । माओवादीले आम मतदातालाई धन्यवाद ज्ञापन गर्दै निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही गर्ने निर्णय गरेको हो ।


गत जेष्ठ २९ गते विस्तारित जिल्ला कार्यालय वैठक बसेर माओवादीले निर्वाचनको समिक्षा गरेको थियो । समिक्षा बैठकले निर्वाचनमा भएका अन्तर्घात बारे छानबिन समिति गठन समेत गरेको छ । जिल्ला पार्टी सह-इन्चार्ज विमल खड्काको नेतृत्वमा बनेको ३ सदस्यिय छानविन समितिलाई एक महिनाको समय अवधि दिएको छ ।

एक महिना भित्र छानविनका लागि उजुरी सिफारिस गर्न स्थानीयतह कमिटिलाई जानकारी गराइएको जिल्ला पार्टी सचिव बलभद्र राईले बताएका छन् ।


यसका साथै माओवादीले निर्वाचित जनप्रतिनिधिहरुलाई दिशा निर्देश समेत गरेको छ । गत २८ गते समन्वयका उपप्रमुख र सदस्यहरु, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष संगै वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई दिशा निर्देश गरेको हो । जनताको सेवामा समर्पित भएर काम गर्न जनप्रतिनिधिहरुलाई दिशा निर्देशन गरिएको पार्टी संयोजक नगेन्द्र भुजेलले बताए ।


  • 18
    Shares
प्रतिक्रिया दिनुहोस्