अनेरास्ववियू (क्रान्तिकारी) द्वारा भोजपुर बहुमुखीलाई ज्ञापन पत्र

  • 103
    Shares

रातोपर्खाल,
असार २, भोजपुर ।
अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाई कमिटी भोजपुरले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समग्र व्यवस्थापनका लागि भोजपुर बहुमुखी क्याम्पसका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले क्याम्पस प्रमुख भुलानाथ राईलाई क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हकहित र अधिकारका विषयहरुको कार्यान्वयन गराउनका लागि ज्ञापनपत्र बुझाएको हो ।


क्रान्तिकारीले ज्ञापनपत्र मार्फत क्याम्पसमा अध्ययनरत छात्रा विद्यार्थी तथा महिला कर्मचारीहरुका लागि स्यानिटरी प्याड र चिकित्सक सहितको प्राथमिक उपचारको व्यवस्थाको कार्यान्वयनको माग गरेको क्याम्पस इकाई कमिटीका इन्चार्ज सोबिन तामाङले जानकारी दिए । यस्तै ज्ञापनपत्रमा विद्यार्थी संख्या अनुसार पाठ्यपुस्तक सहितको शैक्षिक सामाग्री र पुस्तकालयको व्यवस्थापन, सबै कक्षाकोठामा शुद्ध पिउने पानीको व्यवस्था, पर्याप्त खेलकुद मैदानको व्यवस्था र सम्पुर्ण विद्यार्थीहरुलाई परिचयपत्रको व्यवस्था गर्न क्याम्पस प्रमुखलाई माग गरिएको इन्चार्ज तामाङले जनाए ।


ज्ञापन-पत्र


  • 103
    Shares
प्रतिक्रिया दिनुहोस्