रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसमा अध्यानरत विद्यार्थीहरुको शैक्षिक शुल्क व्यहोर्ने ।

  • 728
    Shares

रातोपर्खाल,
असार १०, भोजपुर ।
रामप्रसादराई गाउँपालिका भोजपुरले भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत आफ्नो पालिकाका विद्यार्थीहरुको शैक्षिक शुल्क व्यहोर्ने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को आफ्नो नीति तथा कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक शुल्क व्यहोर्ने कार्यक्रम राखेको हो ।

शुक्रबार प्रस्तुत निति तथा कार्यक्रममा विद्यावारिधि गरेर गाउँपालिकालाई सेवा गर्ने शर्तमा विद्यावारिधी गर्न लाग्ने खर्च समेत व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य र कृर्षीलाई प्राथमिकतामा राखेको छ । जारी गाउँ सभामा गाउँपालिका अध्यक्ष थाम बहदुर राईले प्रस्तुत गरेको निति तथा कार्यक्रम पास भैसकेको छ।


  • 728
    Shares
प्रतिक्रिया दिनुहोस्