रामप्रसादराई गाउँपालिकाको निति तथा कार्यक्रम जेष्ठ नागरिकको घरमै स्वास्थ्य परिक्षण


रातोपर्खाल,
असार १०, भोजपुर ।
रामप्रसादराई गाउँपालिकाले ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकको घरमै स्वास्थ्य परिक्षण गर्ने भएको छ । शुक्रबार प्रस्तुत निति तथा कार्यक्रममा स्वास्थ्य अन्तर्गत जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण घरमै गएर गर्ने उल्लेख गरिएको हो ।

गाउँपालिका अध्यक्ष थामबहादुर राई (निर्माण)ले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रममा स्वास्थ्य सेवा नागरिकको पहुँचमा विस्तार गरिने उल्लेख छ । पालिकाका ८ ओटै वडामा स्वास्थ्यचौकी भवन निर्माण गरिने साथै सबै स्वास्थ्य चौकीबाटै प्रशुति सेवा समेत दिइने निति तथा कार्यक्रममा जोडिएको छ ।

गाउँपालिका अध्यक्ष,उपाध्यक्षले पदभार ग्रहण संगै स्वास्थ्य स्वयंसेविकाहरुको दैनिक भत्ता सय प्रतिशत वृद्धी गर्ने घोषणा गरेका थिए । सोहि बमोजिम पहिलो गाउँसभाबाटै कार्यन्वयन गर्ने गरि रामप्रसादराई गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईद्वारा प्रस्तुत बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्