रामप्रसादराई गाउँपालिकाले ल्यायो पैतालिस करोड एकहत्तर लाख साठ्ठी हजार को बजेट, शिक्षा,स्वास्थ्य,कृर्षी र पर्यटन पूर्वाधार संगै संस्थागत सुशासनलाई प्रथामिकता


रातोपर्खाल,
असार १०, भोजपुर ।
रामप्रसादराई गाउँपालिका भोजपुरले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिकाको १० औँ गाउँसभा सम्पन्न गर्दै शुक्रबार आफ्नो निति तथा कार्यक्रम सार्वजातिक गरेको हो ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईले प्रस्तुत गरेको निति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको छ । त्यस्तै गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले विनियोजन विधेयक अन्तर्गत पैतालिस करोड एकहत्तर लाख साठ्ठी हजारको बजेट प्रस्तुत गरेका छन् ।

रामप्रसादराई गाउँपालिकाले विशेष गरि स्वास्थ्य, शिक्षा र कृर्षीमा जोड दिएको छ । शिक्षा,स्वास्थ्य,कृर्षी र पर्यटन पूर्वाधार संगै सँस्थागत शुसानलाई प्रथामिकता दिएको छ । प्रथामिकतामा परेका विषयहरु:-
शिक्षा
रामप्रसादराई गाउँपालिकाले शिक्षामा गुणस्तरियता ल्याउन सकेमात्र आम नागरिकको चेतना विकास हुने भएकोले विशेष गरि शिक्षामा जोड दिएको जनाएको छ । पालिकाले विद्यालयमा उकृष्ट विद्यार्थी तथा शिक्षकहरुका लागि प्रोत्साहन तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम बनाएको छ । त्यस्तै विद्यावारिधि गर्ने र उच्च शिक्षा हाँशिल गर्न बाहिर जान नसकेका भोजपुर आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक शुल्क पालिकाले व्यहोर्ने कार्यक्रम तय गरेको छ । लोकसेवा आयोगको कक्षा सञ्चालन सँगै एस ई.ई मा उत्कृष्ठ पालिका भित्रका छात्र-छात्रालाई पुरस्कृत गरिने कार्यक्रम तय गरेको छ ।
स्वास्थ्य
स्वास्थ्य उपचार नागरिकको पहुँचमा विस्तार गर्ने निति गाउँपालिकाले अख्तियार गरेको छ । जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण घरमै गर्ने निति लिएको गाउँपालिकाले विभिन्न स्वास्थ्य शिविर वडातहमा सञ्चालन गर्दै गर्भवती, सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्यमा मध्यनजर गरि पोषण भत्ताका लागि बजेट विनियोजन गरेको छ ।
कृषि
कृषिमा आत्मनिर्भर हुनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ । रसायनिक मललाई निरुत्साहित गर्दै प्रारङगरिक मल उत्पादनमा जोड दिने गाउँपालिकाले जनाएको छ । कृर्षकहरुबाट उत्पादित कृर्षीजन्य उपज वडाकेन्द्र मार्फत सङ्कलन गर्नलाई कृर्षी ढुवानी यातायत सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ । सुहाउँदो हावापानी अनुसार कृषि नर्सरीको व्यवस्था गरेको छ ।
पर्यटन
जनताको आर्थिक अवस्था सुधार गर्नका लागि पर्या पर्यटन प्रवद्र्धन गर्न हरित पैदलमार्गकालागि बजेट विनियोजन गरिएको छ । “हाम्रो माटो हाम्रो ठाउँ,हामी बनाउछौँ नमुना गाउँ” भन्ने नितिको थलानि गर्दै हाल वडा नं १ ओख्रे र वडा नं ५ मानेभञ्याङमा नमुना गाउँ निर्माण गर्ने गरि बजेट विनयोजन गरेको छ ।
पूर्वाधार
सडक स्तरउन्नती संगै प्रशासकिय भवन निर्माणमा बजेट विनियोजन गरेको छ । त्यस्तै नमुना पाहुना घरमा बजेट विनियोजनले प्रथामिकता पाएको गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले जनाए ।

संस्थागत सुशासन
सुशासनको क्षेत्रमा नागरिकहरुप्रतिको सेवा प्रवाहलाई केन्द्रमा राखि वडा कार्यलयबाटै सामाजिक शुरक्षा भत्ता वितरण गर्ने भएको छ । त्यस्तै योजना-कार्यक्रमहरुको सम्झौताका लागि “जनताको सरकार जनताको घर घरमा” भन्ने रणनिति अवलम्बन गरि शिविर सञ्चालन गर्ने उक्त प्रयोजनको लागि नागरिक घुम्ति यातायात समेत सञ्चालन गर्ने भएको छ । जनताको गुनासो सुनुवाईका लागि “जनता के भन्न चाहान्छन” कार्यक्रम टोल टोलमा सञ्चालन गर्ने गरि बजेट विनियोजन गरेको छ । निति तथा कार्यक्रम संगै प्रस्तुत गरिएको कार्यक्रम सर्वसम्मत पारित भएको गाउँपालिका अध्यक्ष थामबहादुर राई ले जनाएकाछन् । यसका साथै स्वास्थ्य स्वयंसेविकाहरुको दैनिक भत्ता सय प्रतिशतले वृद्धी गरिएको र जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण घरमै गरिने समेत अध्यक्ष राईले जनाएकाछन् ।


प्रतिक्रिया दिनुहोस्