रामप्रसादराई गाउँपालिकाले ल्यायो पैँतालिस करोड एकहत्तर लाख साठ्ठी हजारको बजेट


रातोपर्खाल,
असार १०, भोजपुर ।
रामप्रसादराई गाउँपालिका भोजपुरले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १० औँ गाउँसभा सम्पन्न गर्दै शुक्रबार आफ्नो निति तथा कार्यक्रम सार्वजातिक गरेको हो । गाउँपालिका अध्यक्ष थामबहादुर राईले प्रस्तुत गरेको निति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले विनियोजन बजेट अन्तर्गत पैतालिस करोड एकहत्तर लाख साठ्ठी हजारको वजेट प्रस्तुत गरेका थिए ।

रामप्रसादराई गाउँपालिकाले विशेष गरि स्वास्थ्य, शिक्षा र कृर्षीमा जोड दिएको छ । स्वास्थ्यलाई नागरिकको पहुँचमा विस्तार गर्ने निति गाउँपालिकाले अख्तियार गरेको छ । जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण घरमै गर्ने निति लिएको गाउँपालिकाले विभिन्न स्वास्थ्य शिविर वडा वडामा सञ्चालन गर्ने देखी स्वास्थ्य संस्थाको पूर्वाधार विस्तार गर्ने सम्म लक्ष राखेको छ ।

त्यस्तै गुणस्तरिय शिक्षामा गाउँपालिकाले जोड दिएको छ । शिक्षामा गुणस्तरियता ल्याउन सकेमात्र आम नागरिकको चेतना विकास हुने गाउँपालिकाले जनाएको छ । प्लस टू सम्म निशुल्क पढाउने निति लिएको गाउँपालिकाले विद्यावारिधी र भोजपुर आङ्गित क्याम्पसमा अध्ययनरत गाउँपालिकाको विद्यार्थीको शैक्षिक शुल्क आफै व्यहोर्ने निति लिएको छ ।
कृर्षीमा आत्मनिर्भरताका लागि गाउँपालिकाले निति तथा कार्यक्रममा जोड दिएको छ । कृर्षीमा रसायतिक मललाई निरुत्साहित गर्दै प्रारङगरिक मल उत्पादनमा जोड दिने गाउँपालिकाले जनाएको छ । नगदेबाली,फलफुल, तरकारीजन्य बालिमा कृर्षकलाई आकर्षित बजेट तय गरेको गाउँपालिकाले योगदानमा आधारित विभिन्न आकार्षक कार्यक्रम तय गरेको छ ।

गठबन्धन बाट निर्वाचित गाउँपालिका अध्यक्ष थामबहादुर राई र उपाधयक्ष विरेन्द्र राईले निर्वाचनमा जनता संग गरेको बाचा पुरा गर्ने दिशामा निति तथा कार्यक्रमा ल्याउन सफल भएको प्रतिकृया दिएकाछन् ।


प्रतिक्रिया दिनुहोस्